सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले म्युचुअल फण्डमा पनि लगानी गर्न सक्ने

मंगलबार, वैशाख २२ २०८३
सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले म्युचुअल फण्डमा पनि लगानी गर्न सक्ने

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत यस्तो व्यवस्था गरेको हो।

काठमाडौं- सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषलाई म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड वा भेन्चर क्यापिटल फण्डको धितोपत्र इकाइमा पनि लगानी गर्नसक्ने कानूनी व्यवस्था गरेको छ।

सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशमार्फत यस्तो व्यवस्था गरेको हो। कर्मचारी सञ्चय कोष ऐन २०१९, नागरिक लगानी कोष ऐन २०४७ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ मा भएको व्यवस्थालाई परिमार्जन गर्दै म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड वा भेन्चर क्यापिटल फण्डको सेयरमा पनि लगानी गर्नसक्ने कानूनी व्यवस्था गरेको हो।

यसअघि कोषले उपयुक्त ठहऱ्याएको कुनै वाणिज्य बैंक, वित्तीय संस्था, बीमा कम्पनी वा त्यस्तो संस्था वा कम्पनीको सेयरमा लगानी गर्नसक्ने भन्ने व्यवस्था रहेकोमा धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त म्युचुअल फण्ड, प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्डका धितोपत्र इकाइमा लगानी गर्न सक्ने व्यवस्था उल्लेख गरेको हो। 


प्रकाशित : मंगलबार, वैशाख २२ २०८३१८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend