बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

सेलेक्ट यूएसएमा नेपालको डेब्यू : लगानीसहितको आर्थिक वृद्धिका लागि पहल

मंगलबार, वैशाख २२ २०८३
सेलेक्ट यूएसएमा नेपालको डेब्यू : लगानीसहितको आर्थिक वृद्धिका लागि पहल

यो सहभागिताले व्यापारका लागि सहयोग र नेपाल तथा संयुक्त राज्य अमेरिकाबीचको गहिरो निजी क्षेत्रको सहकार्यतर्फ बढ्दै गरेको देखाएको छ।

काठमाडौं- सेलेक्ट यूएसए लगानी सम्मेलनमा पहिलो पटक निजी क्षेत्रको सहभागिता जनाउँदै नेपालले आफ्नो विश्वव्यापी आर्थिक संलग्नतालाई अगाडि बढाउने दिशामा एक महत्त्वपूर्ण कदम चालेको छ। यससँगै नेपालले आफूलाई लगानी, नवप्रवर्द्धन र व्यापारको लागि एक उदीयमान साझेदारको रूपमा उभ्याएको छ।

अमेरिकाको मेरिल्यान्डमा आयोजित सम्मेलनमा नेपाली कम्पनीहरूले बजार पहुँच, साझेदारी र दीर्घकालीन लगानीका अवसरहरू खोज्न विश्वव्यापी लगानीकर्ताहरू, अमेरिकी सरकारी अधिकारीहरू र आर्थिक विकासकर्ताहरूसँग छलफल गरिरेका छन्। यो सहभागिताले व्यापारका लागि सहयोग र नेपाल तथा संयुक्त राज्य अमेरिकाबीचको गहिरो निजी क्षेत्रको सहकार्यतर्फ बढ्दै गरेको देखाएको छ। 

अमेरिकी विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयसँगको उच्चस्तरीय अन्तरक्रियाका क्रममा अमेरिकी अधिकारीहरूले व्यवसाय र व्यापारमार्फत द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने महत्त्वमा जोड दिएका छन्।

नेपाली दूतावासमा आयोजित एक कार्यक्रममा उप-सहायक सचिव बेथानी पी मोरिसनले हालैका उच्चस्तरीय भ्रमणहरूपछि बढ्दै गएको गतिलाई उजागर गर्दै नेपालमा अनुकूल व्यावसायिक वातावरण र निजी क्षेत्रको वृद्धिलाई सहयोग गर्न अमेरिकाको चासो रहेकोमा जोड दिए। 

प्रतिनिधिमण्डललाई स्वागत गर्दै कार्यबाहक राजदूत शरद राज आरनले नेपाली उद्यमहरूको क्षमता र विश्वव्यापी दृष्टिकोणप्रति विश्वास व्यक्त गरे। डेपुटी डाइरेक्टर जोनसियो लगायतका अमेरिकी अधिकारीहरूसँगको छलफलमा व्यावसायिक संलग्नता विस्तार गर्ने र बजार प्रवेशमा सहजीकरण गर्ने विषयमा ध्यान केन्द्रित गरिएको थियो।

एमच्यामका अध्यक्ष कैलाश विजयानन्दले नेपाली प्रतिनिधिमण्डल ल्याउँदा नेपाली कम्पनीहरूलाई विश्वव्यापी प्रतिस्पर्धामा छलाङ मार्न मद्दत पुग्ने बताए। नेपाल सरकारले सूचना प्रविधि (आईसीटी) क्षेत्रमा गरेका पछिल्ला नीतिगत सुधारहरूको प्रशंसा गरेका थिए। 

प्रतिनिधिमण्डलमा पाँचवटा सूचना प्रविधि कम्पनीहरू बिज सर्भ, स्वीफ्ट फिन, कोडावतार, ग्रीन टिक र इभेन्ट मो सहभागी थिए। उनीहरुले आफ्नो विस्तार योजनाहरू प्रस्तुत गर्दै नेपालको बढ्दो नवीनता र विश्वव्यापी रूपमा प्रतिस्पर्धी क्षमता देखिएको थियो। 

नेपालस्थित अमेरिकी वाणिज्य संघ (एमच्याम नेपाल) द्वारा समन्वय गरिएको र कार्यकारी निर्देशक अमिर थापाको नेतृत्वमा रहेको यो पहलले विश्वव्यापी बजारहरूमा संलग्न हुन नेपालको बढ्दो तत्परता देखाएको छ। निजी क्षेत्रलाई द्विपक्षीय आर्थिक वृद्धिको प्रमुख संवाहकको रूपमा स्थापित गर्न दुवै पक्ष सहमत थिए। 


प्रकाशित : मंगलबार, वैशाख २२ २०८३१७:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend