बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २२ २०८३
विदेश पठाउने नाममा लाखौँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

काठमाडौं- प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं बूढानीलकण्ठ नगरपालिका-९ बस्ने सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका-१ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौं बूढानीलकण्ठ नगरपालिका-११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-१ घर भएकी ३९ वर्षीया विमला दोङ र काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ बस्ने ३१ वर्षीय रोशन तामाङ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

'पक्राउ परेकामध्ये शक्तिले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै एक लाख ९५ हजार, विमलाले अजरबैजान पठाइदिने भन्दै १३ लाख ६० हजार तथा रोशनले क्यानडा पठाइदिने भन्दै २४ लाख लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो' उनले भने।

उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रवक्ता कार्कीले बताए। 


प्रकाशित : मंगलबार, वैशाख २२ २०८३१६:३७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend