बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २२ २०८३
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु

अध्यक्ष पद स्वतः सुनिश्चित भएपनि अन्य विभिन्न पदाधिकारी पदका लागि भने तीब्र प्रतिस्पर्धा देखिएको छ।

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन सुरु भएको छ। महासंघको विधानअनुसार नयाँ कार्यसमिति चयनका लागि मतदान कार्य अगाडि बढाइएको हो।

महासंघको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ। सोही व्यवस्थाअनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ अबको नयाँ कार्यकालका लागि महासंघको अध्यक्ष बन्ने निश्चित भएको छ।

अध्यक्ष पद स्वतः सुनिश्चित भएपनि अन्य विभिन्न पदाधिकारी पदका लागि भने तीब्र प्रतिस्पर्धा देखिएको छ।

निर्वाचनमा मुख्यतया दुईवटा प्यानल खडा गरी उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका छन्। वरिष्ठ उपाध्यक्षसहितका अन्य कार्यकारी पदहरूमा आफ्नो प्यानलको वर्चश्व कायम गर्न दुवै समूहका उम्मेदवारहरूबीच प्रतिस्पर्धा भइरहेको छ।


प्रकाशित : मंगलबार, वैशाख २२ २०८३११:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend