बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको सञ्चालक सर्वेश जोशी पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २२ २०८३
लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको सञ्चालक सर्वेश जोशी पक्राउ

सरकारको स्वामित्वमा आइसक्दा पनि निजी तरवरले काम गरेको तथा विश्वासघात गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

काठमाडौं- समयमै नवीकरण नगरेका कारण लाइसेन्स खारेजी भएको स्मार्ट टेलिकमका सञ्चालक सर्वेश जोशी पक्राउ परेका छन्। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जोशीलाई पक्राउ गरेको हो। 

लाइसेन्स खारेज भएर सरकारको स्वामित्वमा आइसकेको स्मार्टको सम्पत्ति व्यवस्थापन भइरहेको सन्दर्भमा उनले निजी तरवरले काम गरेको तथा विश्वासघात गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।


प्रकाशित : मंगलबार, वैशाख २२ २०८३११:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend