सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

जेठ ८ गतेदेखि आईपीओ निष्कासन गर्दै कालंगा हाइड्रो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २२ २०८३
जेठ ८ गतेदेखि आईपीओ निष्कासन गर्दै  कालंगा हाइड्रो

स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

काठमाडौं- कालंगा हाइड्रो लिमिटेडले आगामी जेठ ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। 

स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।

कम्पनीले कुल १ अर्ब ४० करोड रुपैयाँ जारी पुँजीको ३५ प्रतिशत अर्थात् ४९ लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये यसअघि नै स्थानीयका लागि १४ लाख कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५० हजार कित्ता, सामूहिक लगानी कोषका लागि १ लाख ९५ हजार कित्ता र कर्मचारीका लागि १ लाख ५ हजार कित्ता बाँडफाँट भइसकेको छ। अब बाँकी रहेको २८ लाख ७० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। निष्कासन छिटोमा जेठ १३ गते र ढिलोमा जेठ २२ गते बन्द हुनेछ।

रेटिङ हकमा केयर रेटिङ नेपालले कम्पनीलाई 'केयरएनपी डबल बी' इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

सानिमा क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस आईपीओमा लगानीकर्ताले आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरू र 'मेरो सेयर' मार्फत अनलाइन आवेदन दिन सक्नेछन्।


प्रकाशित : मंगलबार, वैशाख २२ २०८३११:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend