बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

उद्योग वाणिज्य महासंघको निर्वाचन आज, ७३ पदका लागि १३७ जना प्रतिस्पर्धामा

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख २२ २०८३
उद्योग वाणिज्य महासंघको निर्वाचन आज, ७३ पदका लागि १३७ जना प्रतिस्पर्धामा

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी मतदान भइरहेको छ। महासंघईको जिल्लानगरतर्फको दुई उपाध्यक्षका लागि ४ जना प्रतिस्पर्धामा रहेका छन्।

काठमाडौं- नयाँ विधानको व्यवस्था अनुसार नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन भइरहेको छ। ६० औं सधारणसभा अन्तर्गत नयाँ कार्यसमितिका लागि आज काठमाडौंमा मतदान भइरहेको छ।

महासंघको निर्वाचनमा अध्यक्ष‍ स्वत: अन्जन श्रेष्ठ हुने छन् भने बाँकी ७३ पदका लागि १३७ जना चुनावी प्रतिस्पर्धामा रहेका छन्। महासंघको निर्वाचन समितिले दिएको जानकारी अनुसार विभिन्न क्लस्टर अनुसार निर्वाचन भइरहेको छ।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा जारी मतदान भइरहेको छ। महासंघईको जिल्लानगरतर्फको दुई उपाध्यक्षका लागि ४ जना प्रतिस्पर्धामा रहेका छन्।

त्यस्तै जिल्ला नगरकै १५ जना केन्द्रीय सदस्यका लागि २२ जना प्रतिस्पर्धामा छन् भने  महिलातर्फको २ जनाका लागि ४ जना प्रतिस्पर्धामा छन्। यही क्लस्टरबाट प्रदेशको १२ जनाका लागि २७ जना प्रतिस्पर्धामा छन्। कर्णाली प्रदेशबाट दुई जना भने निर्विरोध भइसकेका छन्।

त्यस्तै वस्तुगतमा एक उपाध्यक्षका लागि २ जना र १३ सदस्यका लागि २६ जना प्रतिस्पर्धामा छन्। महिला तर्फको १ जनाका लागि २ जना र कार्यकारीणि समिति सदस्यका लागि २ जनाका लागि ४ जना रहेका छन्।

एसोसिएटमा एक उपाध्यक्षका लागि २ प्रतिस्पर्धी छन् भने १७ सदस्यका लागि ३३ जना छन्। महिला २ का लागि ४ जना र द्विराष्ट्रिय १ का लागि २ जना प्रतिस्पर्धामा छन्। संस्थापक सदस्य समूह २ जनाका लागि ३ जना प्रतिस्पर्धामा छन्।

विधानको नयाँ व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष कार्यसमितिबाट निर्वाचित हुने व्यवस्था रहेको छ। आगामी साधारणसभामा भने अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट हुनेछ।


प्रकाशित : मंगलबार, वैशाख २२ २०८३०९:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend