सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

पूर्वका उद्योगी व्यवसायीको प्रतिक्रिया : ऊर्जा संकटले औद्योगिक वातावरण बिथोलियो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत ११ २०७८
पूर्वका उद्योगी व्यवसायीको प्रतिक्रिया :  ऊर्जा संकटले औद्योगिक वातावरण बिथोलियो

तरलताको चरम अभाव, परिवर्तित बैंकिङ नीति, बढ्दो ब्याजदरले प्रभावित भइरहेको उद्योग व्यवसाय क्षेत्र, पूर्वसूचना विना अचानक विद्युत अवरुद्ध हुँदा थप प्रताडित भएको उनीहरूको गुनासो छ।  

काठमाडौं- पूर्वका उद्योगी व्यवसायीले चरम आर्थिक संकटकै बीचमा आएको ऊर्जा संकटले औद्योगिक वातावरण बिथोलिएको बताएका छन्। 

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले सयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अहिलेको ऊर्जा संकटले गर्दा लगानीको वातावरण टिठलाग्दो अवस्थामा रहेको बताएका छन्। 

गत मंगलबार देखि ३ दिनसम्म भारतबाट आयातित विद्युत आपूर्ति अप्रत्याशित रुपमा बन्द भएको जनाई प्राधिकरणले उद्योगहरूमा विद्युत आपूर्ति ठप्प पारिदिनाले उद्योग कलकारखाना बन्द गर्नु परेको  व्यवसायीका प्रतिनिधिमूलक संस्थाहरूले जानकारी दिएका छन्। 

तरलताको चरम अभाव, परिवर्तित बैंकिङ नीति, बढ्दो ब्याजदरले प्रभावित भइरहेको उद्योग व्यवसाय क्षेत्र, पूर्वसूचना विना अचानक विद्युत अवरुद्ध हुँदा थप प्रताडित भएको उनीहरूको गुनासो छ।  

'हिजोसम्म मागे जति विद्युत दिन्छौ, हामी विद्युत निर्यात गर्ने अवस्था पुग्यौ भन्ने तर आज भारतबाट एक दिन विद्युत आपूर्ति अवरुद्ध हुँदा सबै औद्योगिक क्षेत्र ठप्प पार्नुपर्ने अवस्थाले हाम्रो उर्जाको वास्तविक क्षमता उजागर गरेको छ । यस तर्फ सबै सम्बद्ध पक्ष जिम्मेवार भै तत्कालको उर्जा संकट समाधान गर्दै ऊर्जामा आत्मनिर्भर हुने गरि उत्पादन, पूर्वाधार तथा वितरण प्रणालीको चुस्त व्यवस्थापन गर्न सरकार तथा जिम्मेवार निकायलाई हार्दिक अपिल गर्दछौँ' विज्ञप्तिमा उल्लेख गरिएको छ। 

अहिलेको ऊर्जा संकट तत्काल समाधान गर्न व्यवसायीले माग गरेका छन्। 


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०७:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend