काठमाडौं- नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ४७ जनाले आवेदन दिएका छन्। आजसम्मको समय दिइएकोमा ४७ जनाले आवेदन दिएको सिफारिस समितिले जानकारी दिएको छ।
बोर्डको अध्यक्षका लागि तोकिएको योग्यतामा आधारित रहेर आवेदन दिएकामध्येबाट समितिले सरकारलाई सिफारिस गर्नेछ।
समितिको सिफारिसका आधारमा सरकारले अध्यक्षमा नियुक्त गर्नेछ।
यसअघिका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजिनामा दिएपछि बोर्डको अध्यक्ष पद खाली रहेको छ।
