सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

उद्योगमा नाममात्रैको बिजुली

शुक्रबार, चैत ११ २०७८
उद्योगमा नाममात्रैको बिजुली

काठमाडौं- बिजुली अभावमा गएको मंगलबार रातिदेखि बन्द उद्योगले अझै पनि पूर्ण रुपमा बिजुली पाउन सकेका छैनन्। जसका कारण देशभरका उद्योग बन्द जस्तै अवस्थामा पुगेका छन्।

भारतबाट आयात हुँदै आएको बिजुली आपूर्ति रोकिएसँगै नेपाल विद्युत प्राधिकरणले दुई दिनसम्म उद्योगमा बिजुली काटेको थियो। बिहीबार रातीबाट उद्योगले बिजुली पाउने नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशक कुलमान घिसिङले उद्घोष गरेको थिए। तर उनले भनेजस्तो उद्योगहरूले बिजुली पाएका छैनन्। 

बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले इनर्जी संकट आएपनि महँगोमा बिजुली आपूर्ति गरेर भएपनि उद्योगलाई बत्ती दिने बताइएको थियो।

पत्रकारसँग उद्योगीलाई बिजुली दिने बताएका घिसिङले व्यवसायीसँगको छलफलमा भने बिजुली आपूर्तिमा केही संकट आएका कारण भनेजस्तो बिजुली उपलब्ध गराउन समस्या हुने बताएका थिए। 

घिसिङसँग भएको छलफलमा कतिपय व्यवसायीले आक्रोशसमेत पोखेका थिए। व्यवसायीसँगको छलफलमा बिजुली दिने बताएका घिसिङले आफ्नो कर्मचारीहरूलाई भने जतिसक्दो कम हुने गरी बिजुली दिन निर्देशन दिएको विषयसमेत बाहिर आएको छ।

बुधबार रातिबाट पनि उद्योगहरूले नाम मात्रैको बिजुली पाएको एक व्यवसायीले बताए। ती व्यवसायीका अनुसार १५ मेगावाट बिजुली पाउने उद्योगले राति ३ मेगावट मात्रै बिजुली पाएका छन्। जसका कारण उद्योग बन्द जस्तै रहेको छ। 


प्रकाशित : शुक्रबार, चैत ११ २०७८०७:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend