काठमाडौं- पोखरास्थित भाटभटेनी सुपरस्टोर आज सोमबारदेखि पुनः सञ्चालनमा आएको छ।
बिहान १० बजेदेखि पोखरास्थित भाटभटेनीमा नियमित सेवा प्रदान गरिएको भाटभटेनी सुपरस्टोरका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिएका छन्।
गत भदौ २४ गते जेनजी आन्दोलनका बेला पोखराको भाटभटेनी सुपरस्टोरमा पनि क्षति पुगेको थियो। ‘सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाको निरन्तर साथ, सहयोग र विश्वासप्रति आभार’ पौडेलले भने।
ग्राहकको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता यथावत् रहेको उनले बताए।