सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

घोराही सिमेन्टको नोक्सानीमा सुधार, प्रतिसेयर नेटवर्थ १ सय ६८ रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २१ २०८३
घोराही सिमेन्टको नोक्सानीमा सुधार, प्रतिसेयर नेटवर्थ १ सय ६८ रुपैयाँ

काठमाडौं- घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

काठमाडौं- घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

जसअनुसार कम्पनीको खुद नोक्सानीमा गत वर्षको तुलनामा  सुधार देखिएको छ। कम्पनीले यस अवधिमा १५ करोड ८६ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ जुन गत वर्षको सोही अवधिको ५५ करोड ४३ लाख रुपैयाँको तुलनामा निकै कम हो। 

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी सामान्य बढेर ३ अर्ब ५५ करोड ११ लाख रुपैयाँ पुगेको छ भने उत्पादन लागतमा गरिएको कटौतीका कारण कुल नाफा ९२ करोड ६४ लाख रुपैयाँ कायम भएको छ।

वित्तीय सूचकहरूलाई हेर्दा कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ १६ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १ सय ६८रुपैयाँ ६९ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४ सय ३६.९५ रुपैयाँ रहेको देखिन्छ। कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ४४ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोषमा ७९ करोड ३२ लाख रुपैयाँ संचित छ। 

व्यवस्थापनका अनुसार सिमेन्ट बजारमा देखिएको तीव्र प्रतिस्पर्धा, निर्माण कार्यमा आएको सुस्तता र इन्धनको मूल्यमा भएको वृद्धिका कारण अपेक्षाकृत आम्दानी हुन नसके पनि खर्च नियन्त्रणका कारण नोक्सानी घटाउन मद्दत पुगेको हो। 

बजारमा यस अवधिको अन्तिम मूल्य प्रतिसेयर ४ सय ४२ रुपैयाँ ९० पैसा कायम रहँदा ५३ दिनको कारोबारमा १९ लाख ६९ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।


प्रकाशित : सोमबार, वैशाख २१ २०८३१०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend