सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ खुला

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख २१ २०८३
वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सर्वोत्तम पेन्ट्सको आईपीओ खुला

काठमाडौं- सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आज बैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सेयर आईपीओ  निष्कासन तथा बिक्री खुला गरेको छ।

काठमाडौं- सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले आज बैशाख २१ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्राथमिक सेयर आईपीओ  निष्कासन तथा बिक्री खुला गरेको छ।

 कम्पनीले आफ्नो कुल ३४ करोड रुपैयाँ जारी पुँजीको २५ प्रतिशतले हुन आउने ८ लाख ५० हजार कित्ता सेयरमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् ८५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याएको हो।

 इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि बैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन् भने माग बमोजिम आवेदन नपरेको खण्डमा यो अवधि जेठ ४ गतेसम्म लम्बिन सक्नेछ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको यस निष्कासनमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र 'मेरो सेयर' मार्फत अनलाइन आवेदन दिन सक्नेछन्। केयर रेटिङ नेपालले यस कम्पनीलाई 'केयरएनपी डबल बी माइनस' रेटिङ प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रकाशित : सोमबार, वैशाख २१ २०८३१०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend