काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा तथा निर्वाचन आजदेखि सुरू हुँदैछ। काठमाडौंमा हुने साधारणसभाले नयाँ नेतृत्वको चयन गर्नेछ।
नेपालका उद्योगी व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था महासंघमा देशभरका सानादेखि ठूला व्यवसायी आवद्ध छन्। उद्योगी व्यवासयीको मुद्दा उठाउने तथा राज्यसँग लविङ गर्ने महासंघको यो साधारणसभाले नयाँ नेतृत्व चयन गर्नेछ।
काठमाडौंमा आजदेखि सुरु हुने सधारणसभामा नयाँ कार्यसमितिका लागि निर्वाचन पनि हुनेछ।
महासंघको अध्यक्षमा वर्तमान वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वत: चयन हुनेछन्। यसअघिको विधानको व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका श्रेष्ठ यो अधिवेसनबाट अध्यक्ष हुनेछन्। तर यो पालि निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष भने स्वत: अध्यक्ष हुने छैनन्।
यो साधारणसभामा दुई प्यानल बनाएर निर्वाचन होमिंदैछन् व्यवासायीहरू। उपाध्यक्ष हेमराज ढकालले प्यालन बनाइसकेका छन्। उनले उपाध्यक्षसहित कार्यकारी समिति सदस्यसहितको प्यानल तयार पारिसकेका छन्। उनको प्यानलमा वस्तुगतमा नरेशलाल श्रेष्ठ, जिल्लानगरमा कल्पना गैरे, एशोसिएटमा ज्योत्सना श्रेष्ठ र महिलातर्फ कमला श्रेष्ठ छन्।
अर्कोतर्फ भने वरिष्ठ उपाध्यक्षको उम्मेद्वार अहिलेसम्म तय छैन। निर्वाचित कार्यसमितिले निर्वाचित गर्ने भएकाले अर्को समूहले निश्चित गरेको छैन। अर्को प्यानलमा शिव घिमिरे, एशोसिएसटमा प्रवलजंग पाण्डे, जिल्ला नगरमा लागि कृष्ण शर्मा र दिलसुन्दर श्रेष्ठ छन्।
यसपालिको निर्वाचन एक नम्बर पदका लागि हुने छैन। यअघिका सधारणसभा तथा निर्वाचनमा निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था थियो। त्यही भएर वरिष्ठ उपाध्यक्षका लागि सबथोक लगाएर व्यवसायीहरूले प्रतिस्पर्धा गर्थे तर यसपालि भने वरिष्ठ उपाध्यक्षमात्र हुनेछ। आगामी कार्यकालदेखि सिधै अध्यक्षको निर्वाचन हुन्छ। यसपालिको निर्वाचन दोस्रो स्थानका लागिमात्र केन्द्रित हुने छ।