बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

७ हजार ७ सय ८९ सुकुम्बासी सरकारको सम्पर्कमा, ७ सय ९४ मात्रै होल्डिङ सेन्टरमा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २० २०८३
७ हजार ७ सय ८९ सुकुम्बासी सरकारको सम्पर्कमा, ७ सय ९४ मात्रै होल्डिङ सेन्टरमा

दशरथ रंगशालामा स्थापना गरिएको स्क्रिनिङ सेन्टरमा पुगेका बाँकी व्यक्तिहरूमध्ये उल्लेख्य संख्या भने हालका लागि आफ्नै पहलमा बसोबासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्।

काठमाडौं- बागमती नदी तथा यसका सहायक खोलाहरूको किनारमा रहेका जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने सरकारी अभियानसँगै सुकुम्बासीको विवरण सार्वजनिक भएको छ। हालसम्म कुल १ हजार ८ सय १६ परिवारका ७ हजार ७ सय ८९ जना सरकारको सम्पर्कमा आएका छन्।

सरकारी तथ्यांकअनुसार सम्पर्कमा आएका व्यक्तिमध्ये ७ सय ९४  जनालाई मात्रै सञ्चालनमा रहेका होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ। ती व्यक्तिहरूलाई अस्थायी बसोबास, आधारभूत सेवा तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरिएको जनाइएको छ।

दशरथ रंगशालामा स्थापना गरिएको स्क्रिनिङ सेन्टरमा पुगेका बाँकी व्यक्तिहरूमध्ये उल्लेख्य संख्या भने हालका लागि आफ्नै पहलमा बसोबासको व्यवस्था गर्ने भन्दै बाहिरिएका छन्।

सरकारले उनीहरूको विवरण संकलन गर्दै दीर्घकालीन व्यवस्थापनका विकल्पहरूबारे अध्ययन गरिरहेको जनाएको छ। सरकारले हाल चार स्थानमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको छ। कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क तथा माछापोखरी क्षेत्रका होटलहरू, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र र बोडेस्थित कृषि तालिम केन्द्रमा अस्थायी आवास व्यवस्थापन गरिएको छ।

सरकारले जोखिमयुक्त क्षेत्र खाली गराउने कार्यलाई निरन्तरता दिने बताउँदै वास्तविक सुकुम्बासीको पहिचान, पुनःस्थापना र व्यवस्थापनका लागि नीतिगत तथा कार्यान्वयन तहमा काम भइरहेको जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख २० २०८३१८:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend