बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

धोबिखोला करिडोरमा अनधिकृत भन्दै भत्काइयो सात तले घर

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २० २०८३
धोबिखोला करिडोरमा अनधिकृत भन्दै भत्काइयो सात तले घर

अहिलेसम्म थापाथली, गैरीगाउँ, मनोहरा, शान्तिनगर, बालाजु, बसुन्धारा, बल्खु, सिनामंगल, कालीमाटी, धोबिखोला, टेकु, कपनलगायतका क्षेत्रमा पनि अनधिकृत भनिएका संरचना हटाइएको छ।

काठमाडौं- काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत बनाइएको भन्दै धोबिखोला देवीनगरस्थित सात तले घरमा डोजर लगाएको छ। नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा महानगरले आज आइतबार उक्त घरमा डोजर लगाएको हो।

महानगरले नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने क्रममा धोबिखोलामा नदी किनारमा नदी र सडक मापदण्ड मिचेर निर्माण गरेका संरचनामा डोजर लगाउन सुरु गरेको थियो।  सोही क्रममा देवीनगरमा रहेका सात तल्ले पक्की घरमा डोजर लगाइएको हो।

यसअघि महानगरले शंखमुलस्थित नदी किनार र फुटपाथ मिचेर बनाइएका भौतिक संरचनाहरू हटाएको थियो। महानगरले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै त्यस्ता अवैध संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन सम्बन्धित पक्षलाई समयसीमा उपलब्ध गराएको थियो।

सहरको सौन्दर्यीकरण कायम गर्न, फुटपाथ व्यवस्थापन गर्न र सार्वजनिक सम्पतीको संरक्षण गर्ने उद्देश्यले यो कदम चालिएको महानगरले जनाएको छ।

अहिलेसम्म थापाथली, गैरीगाउँ, मनोहरा, शान्तिनगर, बालाजु, बसुन्धारा, बल्खु, सिनामंगल, कालीमाटी, धोबिखोला, टेकु, कपनलगायतका क्षेत्रमा पनि अनधिकृत भनिएका संरचना हटाइएको छ। 

कपनको साततले, पाथीभरा र तेन्जिङ चोकका संरचनामा पनि डोजर कपनको साततले, पाथीभरा र तेन्जिङ चोकका संरचनामा पनि डोजर

उपत्यकामा तीन हजारभन्दा बढी घरटहरा भत्काइयो, वास्तविक सुकुम्बासीको परीक्षण सुरु उपत्यकामा तीन हजारभन्दा बढी घरटहरा भत्काइयो, वास्तविक सुकुम्बासीको परीक्षण सुरु


प्रकाशित : आइतबार, वैशाख २० २०८३१३:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend