बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

कपनको साततले, पाथीभरा र तेन्जिङ चोकका संरचनामा पनि डोजर

आइतबार, वैशाख २० २०८३
कपनको साततले, पाथीभरा र तेन्जिङ चोकका संरचनामा पनि डोजर

'कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा हटाउने क्रम चलिहरेको छ।'

काठमाडौं- काठमाडौं उपत्यकाका बागमती र त्यसका सहायक नदी तथा सरकारी तथा सार्वजनिक जग्गामा निर्माण गरिएको संरचना हटाउने काम तीव्र पारिएको छ।

सहरी विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा आज बुढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रमा अनधिकृत रुपमा निर्माण गरिएको संरचना धमाधम हटाइएको काठमाडौंका सहायक जिल्ला अधिकारी मुक्तिराम रिजालले बताए।

'कपनको साततले, पाथीभरा, तेन्जिङ चोकलगायत क्षेत्रमा अवैधरुपमा निर्माण गरिएका घरटहरा हटाउने क्रम चलिहरेको छ', उनले भने।

धोबीखोला नदी कोरिडोरअन्तर्गत अनामनगर-देवीनगर, विष्णुमति नदी किनारस्थित काठमाडौं महानगरपालिका-१६ बालाजु-माछापोखरी र तिलगंगा क्षेत्रका अतिक्रमित संरचना खाली गर्नेक्रम चलिरहेको छ। उनका अनुसार हालसम्म काठमाडौं उपत्यकाभित्र करिब दुई हजार तीन सय बढी घरटहरा हटाइएको छ।

काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार देवीनगरमा १५/२०, बालाजुमा तीन र तिलगंगामा ८९ संरचना आज हटाइँदै छ।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि अघिल्लो शनिबारदेखि उपत्यकाभित्रका अतिक्रमित संरचना र सुकुम्बासी बस्ती हटाउने क्रम सुरु भएको हो। थापाथली, गैरीगाउँ, मनोहरा, शान्तिनगर, बालाजु, बसुन्धारा, बल्खु, सिनामंगल, कालीमाटी, धोबिखोला, टेकुलगायतका क्षेत्रमा पनि अनधिकृत भनिएका संरचना हटाइएको छ। 

अतिक्रमित बस्ती हटाउने क्रममा प्रभावित परिवारलाई कीर्तिपुर, बालाजु, भक्तपुरलगायत क्षेत्रमा रहेका ‘होल्डिङ सेन्टर’मा राखिएको जनाइएको छ। 

बस्ती हटाउने क्रममा प्रभावित बनेका परिवारलाई दीर्घकालीन व्यवस्थापन गर्न सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत वास्तविक सुकुम्बासीको पहिचान गर्न थालेको छ। सहरी विकास मन्त्रालयले उपलब्ध गराएको भूमि नभएको दाबी गरेकाहरूको विवरण अभिलेख भिडाउने र रुजु गर्ने लगायत काम पनि जारी छ।

उपत्यकामा तीन हजारभन्दा बढी घरटहरा भत्काइयो, वास्तविक सुकुम्बासीको परीक्षण सुरु उपत्यकामा तीन हजारभन्दा बढी घरटहरा भत्काइयो, वास्तविक सुकुम्बासीको परीक्षण सुरु


प्रकाशित : आइतबार, वैशाख २० २०८३१३:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend