बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित दुईजना पक्राउ

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २० २०८३
स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित दुईजना पक्राउ

स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ परेका छन्। थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

मोरङ- स्रोत नखुलेको २६ लाख ९८ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ परेका छन्।

शनिबार काठमाडौं जान लागेका अवस्थामा विराटनगर विमानस्थलबाट भारतको माल्दा जिल्ला सुजागञ्ज सिन्धा चन्चलाका ३६ वर्षीय मोहिदिल अलीलाई १५ लाख ९८ हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिइन्।

त्यसअघि शुक्रबार धरान उपमहानगरपालिका-१८ का ३५ वर्षीय दिलीप तामाङलाई सोही विमानस्थलबाट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित पक्राउ गरिएको उनले बताए। दुवै जनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : आइतबार, वैशाख २० २०८३११:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend