बुधबार, असार ३ गते २०८३    
बुधबार, असार ३ २०८३

राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश, विगत सरकारले नियुक्त गरेका सार्वजनिक पदाधिकारी पदमुक्त हुने

शनिबार, वैशाख १९ २०८३
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश, विगत सरकारले नियुक्त गरेका सार्वजनिक पदाधिकारी पदमुक्त हुने

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो।

काठमाडौं- रामचन्द्र पौडेलले सरकारको सिफारिसमा थप तीन वटा अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ तथा विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार ती सबै अध्यादेश २०८३ साल वैशाख १९ गते जारी भएका हुन्।

यसअघि पनि राष्ट्रपति पौडेलले सहकारी तथा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरिसकेका छन्। सरकारद्वारा सिफारिस गरिएका अन्य केही अध्यादेश भने अझै अध्ययनको क्रममा रहेका छन्।

राष्ट्रपति कार्यालय अनुसार संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने हाल जारी भएका अध्यादेशको सूचीमा समावेश गरिएको छैन। उक्त अध्यादेशबारे राष्ट्रपतिले कानुनविद्हरूसँग छलफल गर्दै अध्ययन गरिरहेका छन्।

प्रकाशित : शनिबार, वैशाख १९ २०८३१६:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend