काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १ सय ५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ १६ पैसा तोकिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १ सय ७७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय ७८ रुपैयाँ २८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २ सय ५ रुपैयाँ १० पैसा र बिक्रीदर २ सय ५ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १ सय ९३ रुपैयाँ ०६ पैसा र बिक्रीदर १ सय ९३ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर १ सय ८ रुपैयाँ ६० पैसा र बिक्रीदर १०९ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिददर १ सय १० रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १ सय १८ रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ३३ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७४ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६६ पैसा र बिक्रीदर चार रुपैयाँ ६८ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रुपैयाँ १८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २९ पैसा र बिक्रीदर १० रुपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १६ रुपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ७७ पैसा र बिक्रीदर २३ रुपैयाँ ८६ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १९ रुपैयाँ ४३ पैसा, कुवेती दिनार एकको खरिददर ४ सय ९४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४ सय ९६ रुपैयाँ ०४ पैसा, बहराइन दिनार एकको खरिददर ४ सय १ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४ सय १ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३ सय ९३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३ सय ९५ रुपैयाँ २० पैसा रहेको छ। यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १ सय ६० रुपैयाँ र बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
