काठमाडौं- साताको अन्तिम कारोबारमा आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ५.७३ अंकले घटेर २७३८.२६ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २६.१६ अंकले घटेर २७७०.२६ बिन्दुमा पुगेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार ७ सय ८३ कित्ता सेयर ८० हजार ४ सय २७ पटक किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८ सय ४८ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडको सेयर साढे १२ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्स लिमिटेड कम्पनीको २६ करोड ७५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
आजको कारोबारमा २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहमध्ये परिसूचक घटेको छ।आज अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै ०.९७ प्रतिशत घटेको छ।
विकास बैंक ०.४८, फाइनान्स ०.२०, होटल तथा पर्यटन ०.०४, हाइड्रोपावर ०.४०, लगानी ०.४२, जीवन बीमा ०.२६, माइक्रोफाइनान्स ०.३४, निर्जीवन बीमा ०.०२ र व्यापार उपसमूहमध्ये परिसूचक ०.६३ प्रतिशत घटेकाे छ।
