काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बुक बिल्डिङ विधिमार्फत निष्कासन हुने धितोपत्रमा सहभागी हुनका लागि योग्य संस्थागत लगानीकर्ताहरू (क्यूआईआई) लाई दर्ता तथा वार्षिक नवीकरण गर्न आह्वान गरेको छ।
नेप्सेले एक सूचना जारी गर्दै धितोपत्र बोर्डबाट अनुमति प्राप्त संस्थाहरूलाई यथाशीघ्र यो प्रक्रिया पूरा गर्न आग्रह गरेको हो।
जसमा नयाँ दर्ताका लागि १० हजार रुपैयाँ र पुराना लगानीकर्ताको वार्षिक नवीकरणका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ।
इच्छुक संस्थाहरूले तोकिएको शुल्क ग्लोबल आइएमई बैंकको कमलादी शाखामा रहेको नेप्सेको खातामा जम्मा गरी सोको भौचर इमेलमार्फत पठाउनुपर्नेछ।
नेप्सेमा दर्ता वा नवीकरण नभएका संस्थाहरू बुक बिल्डिङको बोलकबोल प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेकाले यो प्रक्रिया अनिवार्य गरिएको हो।
