सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सम्पत्ति शुद्धीकरण विभागले माग्यो दीपक भट्ट संलग्न कम्पनीहरूको संस्थापक सेयर विवरण

बिहीबार , वैशाख १७ २०८३
सम्पत्ति शुद्धीकरण विभागले माग्यो दीपक भट्ट संलग्न कम्पनीहरूको संस्थापक सेयर विवरण

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट संलग्न रहेका विभिन्न बिमा तथा पुनर्बिमा कम्पनीहरूको संस्थापक सेयरधनी सम्बन्धी विस्तृत विवरण माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ।

काठमाडौं- सम्पत्ति शुद्धीकरण विभागद्वारा व्यवसायी दीपक भट्ट संलग्न कम्पनीहरूको संस्थापक सेयर विवरण माग

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट संलग्न रहेका विभिन्न बिमा तथा पुनर्बिमा कम्पनीहरूको संस्थापक सेयरधनी सम्बन्धी विस्तृत विवरण माग गर्दै सार्वजनिक सूचना जारी गरेको छ।

विभागले विशेषगरी हिमालयन रिइन्सुरेन्स लगायत नेपाल माइक्रो इन्सुरेन्स, गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ, लिबर्टी माइक्रो लाइफ, प्रोटेक्टिभ इन्सुरेन्स, स्टार माइक्रो इन्सुरेन्स र ट्रस्ट माइक्रो इन्सुरेन्स कम्पनीको संस्थापनाकालमा सेयर खरिद गर्ने व्यक्तिहरूको विवरण खोजेको हो। 

अनुसन्धानका क्रममा बिमा प्राधिकरणबाट अनुमति लिने प्रक्रियामा संस्थापक सेयर खरिदकर्ताले चुक्ता पुँजीबाहेक अतिरिक्त शुल्क (प्रिमियम) बापत कुन व्यक्ति वा संस्थाको कुन बैंक खातामा कति रकम जम्मा गरेका थिए भन्ने स्पष्ट जानकारी आवश्यक परेको विभागले जनाएको छ। 

सम्बन्धित पक्षलाई सूचना प्रकाशित भएको १५ दिनभित्र सम्पूर्ण प्रमाण र कागजातसहित कार्यालयमा उपस्थित हुन वा विवरण बुझाउन निर्देशन दिइएको छ।

प्रकाशित : बिहीबार , वैशाख १७ २०८३१४:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend