काठमाडाैं- सोपान फर्मास्यूटिकल्स लिमिटेडको साधारण आईपीओ बाँडफाँट गरिएको छ।
आईपीओ बाँडफाँट कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा सम्पन्न भएको हाे।
कम्पनीले गत बैशाख ३ गतेदेखि ८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ३४ लाख ७४ हजार ९०० कित्ता सेयर बिक्री खुला गरेको थियो।
लगानिकर्ताले २७ लाख ३० हजार ९८७ जना आवेदकले २ करोड ९९ लाख ६ हजार ५२० कित्ता सेयरका लागि आवेदन दिएका थिए।
मागको तुलनामा अत्यधिक आवेदन परेका कारण सबै आवेदकले सेयर प्राप्त गर्न सकेनन्। गोला प्रथाद्वारा गरिएको बाँडफाँट अनुसार कुल आवेदकहरूमध्ये ३ लाख ४७ हजार ४९० जनाले मात्र १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् भने बाँकी २३ लाख भन्दा बढी आवेदकको हात खाली भएको छ।
