सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्याे सुझाव

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १६ २०८३
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्याे सुझाव

बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले सूचना जारी गर्दै बजारको व्यवस्थित विकास र प्रभावकारी विस्तारका लागि सरोकारवाला निकाय, लगानीकर्ता तथा आम सर्वसाधारणसँग रचनात्मक एवं कार्यान्वयनयोग्य राय-सुझाव माग गरेको छ।

काठमाडाैं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रक्रिया सुरु गरेको छ।

बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले सूचना जारी गर्दै बजारको व्यवस्थित विकास र प्रभावकारी विस्तारका लागि सरोकारवाला निकाय, लगानीकर्ता तथा आम सर्वसाधारणसँग रचनात्मक एवं कार्यान्वयनयोग्य राय-सुझाव माग गरेको छ।

हरेक वर्ष पूँजी बजारको सुधारका लागि योजनाबद्ध नीति सार्वजनिक गर्दै आएको सेबोनले यस पटक पनि सोही परम्परालाई निरन्तरता दिँदै तयारी अगाडि बढाएको हो।

इच्छुक व्यक्ति वा संस्थाहरूले बजारको सुधार र विस्तारका सम्बन्धमा आफ्ना स्पष्ट सुझावहरू आगामी २०८३ जेठ १५ गतेभित्र बोर्डको आधिकारिक इमेल [email protected] मा पठाउन सक्नेछन्।

प्राप्त भएका सुझावहरूको उचित अध्ययन र विश्लेषण गरी बोर्डले आगामी वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता समेत जनाएको छ।

O1TXbRnbJEhtFx5RLmbDCFy8AOS8MMiTSZX8iUGG.jpg

प्रकाशित : बुधबार, वैशाख १६ २०८३१६:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend