सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सेयर बजारमा २५ अंककाे गिरावट, ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख १६ २०८३
सेयर बजारमा २५ अंककाे गिरावट, ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ५१ कम्पनीको १ करोड १७ लाख ७३ हजार २३ कित्ता सेयर १ लाख १ हजार ४ सय ५९ पटक किनबेच हुँदा ४ अर्ब ७७ करोड ५१ लाख ९४ हजार ४ सय ६ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं साताको तेस्रो कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २५.८१ अंकले घटेर २७४४.६८ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से २६.१६ अंकले घटेर २७७०.२६ बिन्दुमा पुगेर बन्द भएको थियो। 

आजको कारोबारमा ३ सय ५१ कम्पनीको १ करोड १७ लाख ७३ हजार २३ कित्ता सेयर १ लाख १ हजार ४ सय ५९ पटक किनबेच हुँदा ४ अर्ब ९८ करोड ६३ लाख ३ हजार ३ सय १३ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर १३ प्रतिशत भन्दा धेरै बढेको छ । 

कारोबार रकमका आधारमा सबैभन्दा धेरै  रिलायन्स स्पिनिङ मिल्सको २४ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

त्यसैगरि, पाल्पा सिमेन्ट कम्पनीको २० करोड २२  लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।आजको कारोबारमा ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहमध्ये परिसूचक घटेको छ।

आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै २.२४ प्रतिशत घटेको छ। 

बैंकिङ ०.७६, फाइनान्स ०.६४, होटल तथा पर्यटन १.६४, हाइड्रोपावर १.४५, लगानी ०.६६, जीवन बीमा ०.८४, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा १.११ तथा अन्य समूह ०.९२ प्रतिशत घटेका छन्।

 


प्रकाशित : बुधबार, वैशाख १६ २०८३१५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend