सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेप्से परिसूचक २६ अंकले घट्यो, ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १५ २०८३
नेप्से परिसूचक २६ अंकले घट्यो, ६ अर्ब ५२ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ४९ कम्पनीको १ करोड ४० लाख १३ हजार १ सय ६७ कित्ता सेयर १ लाख ५१ हजार २ सय ८६ पटक किनबेच हुँदा ६ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९ सय ७६ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २६.१६ अंकले घटेर २७७०.२६ बिन्दुमा पुगेको छ। 

अघिल्लो कारोबारमा नेप्से ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा पुगेको बन्द भएको थियो। 

आजको कारोबारमा ३ सय ४९ कम्पनीको १ करोड ४० लाख १३ हजार १ सय ६७ कित्ता सेयर १ लाख ५१ हजार २ सय ८६ पटक किनबेच हुँदा ६ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९ सय ७६ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेड बण्ड ६ प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै पाल्पा सिमेन्ट कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

आजको कारोबारमा १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहमध्ये परिसूचक घटेको छ।आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै २.५६ प्रतिशत घटेको छ। 

प्रकाशित : मंगलबार, वैशाख १५ २०८३१५:१३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend