सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

इम्पेयरमेन्ट चार्जमा निर्भर नाफा वृद्धि, सिद्धार्थ बैंकका आधारभूत सूचकमा दबाब

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख १५ २०८३
इम्पेयरमेन्ट चार्जमा निर्भर नाफा वृद्धि, सिद्धार्थ बैंकका आधारभूत सूचकमा दबाब

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा वृद्धि देखिए पनि आधारभूत  आय स्रोत र संरचनात्मक सूचकहरूमा अपेक्षाकृत कमजोर संकेत देखिएका छन्।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी मात्र ३.०४ प्रतिशतले बढेको छ, जसले कोर बैंकिङ आम्दानी अपेक्षाअनुसार विस्तार हुन नसकेको संकेत गर्दछ। यद्यपि, खुद फि तथा कमिशन आम्दानी १७.४५ प्रतिशतले बढे पनि समग्र आय संरचना दिगो रूपमा मजबुत भएको देखिँदैन।

बैंकको नाफा वृद्धिको मुख्य आधार इम्पेयरमेन्ट चार्जमा आएको गिरावट देखिन्छ। इम्पेयरमेन्ट चार्ज २ अर्ब ३ करोड ५४ लाख रुपैयाँमा सीमित हुँदा सञ्चालन मुनाफा बढेको हो, जसले नाफा वृद्धिमा एकपटकका सुधार को प्रभाव देखाउँछ, दीर्घकालीन सञ्चालन दक्षता कमजोर देखिएको छ। त्यस्तै, कुल सञ्चालन आम्दानी ८.२५ प्रतिशतले मात्र वृद्धि हुनु र सञ्चालन मुनाफा २३.४५ प्रतिशतले बढ्नुबीचको अन्तरले पनि लागत संरचना र जोखिम व्यवस्थापनमा असन्तुलन रहेको संकेत गर्दछ।

मूल्य आम्दानी अनुपात २२.२५ गुणा पुग्नुले सेयरको मूल्य तुलनात्मक रूपमा महँगो देखिएको विश्लेषण गर्न सकिन्छ। यद्यपि प्रतिसेयर आम्दानी बढेको छ, तर आधारभूत आम्दानी स्रोतको सीमित वृद्धि र इम्पेयरमेन्ट घट्ने प्रवृत्तिमा निर्भरता दीर्घकालमा जोखिमपूर्ण हुनसक्ने देखिन्छ। 

सिद्धार्थ बैंक लिमिटेड को वित्तीय प्रदर्शन सतही रूपमा सकारात्मक देखिए पनि संरचनात्मक रूपमा अझ सुधार आवश्यक रहेको देखाउँछन्।


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३०७:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend