सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

वितरणयोग्य मुनाफा ऋणात्मक हुँदा सिटिजन्स बैंकको अन्य सूचकमा मिश्रित अवस्था

मंगलबार, वैशाख १५ २०८३
वितरणयोग्य मुनाफा ऋणात्मक हुँदा सिटिजन्स बैंकको अन्य सूचकमा मिश्रित अवस्था

सिटिजन्स बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा बढे पनि अन्य वित्तीय सूचकहरूमा मिश्रित, कतिपयमा नकारात्मक अवस्था देखिएको छ।

काठमाडौं- सिटिजन्स बैंक लिमिटेड ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा बढे पनि अन्य वित्तीय सूचकहरूमा मिश्रित, कतिपयमा नकारात्मक अवस्था देखिएको छ।

चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बैंकले १ अर्ब ३० करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ९६ करोड १८ लाख रुपैयाँको तुलनामा ३५.८२ प्रतिशतले बढी हो।

खुद ब्याज आम्दानी घटे पनि इम्पेयरमेन्ट चार्जमा आएको गिरावटका कारण बैंकको नाफा वृद्धि भएको देखिन्छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी १.४८ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि २ प्रतिशतले घटेको छ। यद्यपि, कुल सञ्चालन आम्दानी ३.०६ प्रतिशतले वृद्धि भएको छ भने सञ्चालन मुनाफा ३८.६१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज २ अर्ब १६ करोड रुपैयाँबाट घटेर १ अर्ब ४८ करोड रुपैयाँमा झरेको छ, जसले नाफा वृद्धिमा टेवा पुर्‍याएको हो।

नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि सुधार हुँदै २ रुपैयाँ ५५ पैसाले बढेर ११ रुपैयाँ २३ पैसा पुगेको छ। तर, वितरणयोग्य मुनाफा भने अझै ५० करोड ४४ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

बैंकको मूल्य आम्दानी अनुपात १८.७१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ ९९ पैसा कायम भएको छ।

१५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ८ अर्ब ६८ करोड २३ लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमाससम्म बैंकले २ खर्ब १३ अर्ब ४६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६९ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रकाशित : मंगलबार, वैशाख १५ २०८३०७:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend