सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेप्से परिसूचक सामान्य बढ्यो, ४ अर्ब ७३ कराेड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १४ २०८३
नेप्से परिसूचक सामान्य बढ्यो, ४ अर्ब ७३ कराेड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ५१ कम्पनीको १ करोड ८ लाख ९९ हजार ४ सय ६१ कित्ता सेयर ८० हजार ८ सय ३३ पटक किनबेच हुँदा ४ अर्ब ७३ करोड ३६ लाख २४ हजार ७ सय ६८ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको पहिलो कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १.५४ अंकले बढेर २७८८.७ बिन्दुमा पुगेको बन्द भएको थियो। 

आजको कारोबारमा ३ सय ५१ कम्पनीको १ करोड ८ लाख ९९ हजार ४ सय ६१ कित्ता सेयर ८० हजार ८ सय ३३ पटक किनबेच हुँदा ४ अर्ब ७३ करोड ३६ लाख २४ हजार ७ सय ६८ रुपैयाँको कारोबार भएको छ।

आज सिटी होटल,पाल्पा सिमेन्ट,शिखर पावर डेभलपमेन्ट र कर्पोरेट डभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्स कम्पनीको ३० करोड ७ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

आजको कारोबारमा ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहमध्ये परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.५२ प्रतिशत बढेको छ।

त्यस्तै विकास बैंक १.१४, बैंकिङ ०.६८, फाइनान्स ०.४२, होटल तथा पर्यटन ०.९७, जीवन बीमा ०.१३, माइक्रोफाइनान्स ०.२९ तथा निर्जीवन बीमा ०.१५ प्रतिशत बढेको छ।

त्यस्तै हाइड्रोपावर ०.१९, लगानी ०.२८, अन्य ०.४४ तथा व्यापार १.३९ प्रतिशत घटेकाे छ।


प्रकाशित : सोमबार, वैशाख १४ २०८३१५:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend