सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

अरुण काबेली पावरलाई हकप्रद सेयर निष्कासन गर्न नियमन आयोगको स्वीकृति

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १४ २०८३
अरुण काबेली पावरलाई हकप्रद सेयर निष्कासन गर्न  नियमन आयोगको स्वीकृति

काठमाडाैं- विद्युत् नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई १:०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पूर्व-स्वीकृति प्रदान गरेको छ।

काठमाडाैं- विद्युत् नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई १:०.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पूर्व-स्वीकृति प्रदान गरेको छ। 

आयोगको ३०७ औँ बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १ सय रुपैयाँको  हकप्रद सेयर जारी गर्न अनुमति दिने निर्णय गरेको हो।

आयोगले हकप्रद सेयर निष्कासनबाट प्राप्त हुने रकम निश्चित प्रयोजनका लागि मात्र खर्च गर्न पाउने गरी विभिन्न सर्तहरू समेत तोकेको छ। जसअनुसार कम्पनीले संकलित रकममध्ये १०० करोड रुपैयाँ काबेली बी-१ जलविद्युत् आयोजना निर्माणका क्रममा लिइएको ऋण भुक्तानी गर्न प्रयोग गर्नुपर्नेछ। 

त्यस्तै बाँकी रहेको ९४ करोड ७९ लाख रुपैयाँ ३७.६ मेगावाट क्षमताको काबेली 'ए' जलविद्युत् आयोजनाको प्रवर्धक कम्पनी काबेली इनर्जी लिमिटेडमा लगानी गर्नुपर्ने सर्त राखिएको छ।

कम्पनीले ती सर्तहरू बमोजिम रकम लगानी गरेको १५ दिनभित्र सोको पुष्टि हुने कागजात सहित आयोगलाई जानकारी गराउनुपर्ने छ। 

साथै प्रचलित कानुन बमोजिम अन्य निकायबाट लिनुपर्ने सहमति र कर सम्बन्धी प्रक्रियाहरू पुरा गर्नुपर्ने जिम्मेवारी पनि कम्पनीलाई दिइएको छ। आयोगको यो पूर्व-स्वीकृतिसँगै अब अरुण काबेली पावरलाई नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद निष्कासनको अन्तिम प्रक्रिया अघि बढाउने बाटो खुलेको छ।

WhatsApp Image 2026-04-27 at 1.37.25 PM.jpeg
undefined


प्रकाशित : सोमबार, वैशाख १४ २०८३१४:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend