सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

सीडीएससी प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १४ २०८३
सीडीएससी प्रमुखको जिम्मेवारी कञ्चन सापकोटालाई

आइतबार बसेको सीडीएससी सन्चालन समितिको बैठकले साविकका प्रमुख प्रवीण पन्दाकलाई पदबाट हटाउने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को निर्णयलाई कार्यान्वयन गर्दै सापकोटालाई नयाँ जिम्मेवारी सुम्पिएको हो।

काठमाडाैं- सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को कायम मुकायम प्रमुखको जिम्मेवारी कञ्चन सापकोटाले पाएकी छिन्। 

आइतबार बसेको सीडीएससी सन्चालन समितिको बैठकले साविकका प्रमुख प्रवीण पन्दाकलाई पदबाट हटाउने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को निर्णयलाई कार्यान्वयन गर्दै सापकोटालाई नयाँ जिम्मेवारी सुम्पिएको हो। 

हाल सीडीएससीमा प्रशासन तथा मानव संशाधन विभाग प्रमुखका रूपमा कार्यरत सापकोटालाई अर्को व्यवस्था नभएसम्मका लागि यो जिम्मेवारी दिइएको हो।

यसअघि नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले आफ्नो कार्यकाल सकिनु ठीक अघि २०८१ पुस १४ गते पन्दाकलाई चार वर्षका लागि सीडीएससीको प्रबन्ध सन्चालक नियुक्त गरेका थिए। 

खुला प्रतिस्पर्धाबाट नयाँ नेतृत्व छनोट गर्नुपर्ने अवस्थामा कार्यकालको अन्तिम समयमा गरिएको उक्त दीर्घकालीन नियुक्तिलाई नीतिगत विचलन मान्दै नेप्सेको वर्तमान नेतृत्वले प्रश्न उठाएको थियो।

अस्थायी वा निमित्त जिम्मेवारी दिनुपर्ने ठाउँमा सिधै चार वर्षको नियुक्ति दिइनु नियमसम्मत नदेखिएको ठहर गर्दै नेप्सेले पन्दाकलाई नेप्से कम्पनीमै फिर्ता बोलाउने निर्णय गरेसँगै सापकोटाले नेतृत्व सम्हाल्ने अवसर पाएकी हुन्।


प्रकाशित : सोमबार, वैशाख १४ २०८३१३:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend