सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाल बैंकको नाफा सामान्य बढ्याे, प्रतिसेयर नेटवर्थ २ सय ७२ रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १४ २०८३
नेपाल बैंकको नाफा सामान्य बढ्याे, प्रतिसेयर नेटवर्थ २ सय ७२ रुपैयाँ

काठमाडाैं- सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ।

काठमाडाैं- नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकाे छ।

याे अवधिमा बैंकले गर्दै २ अर्ब ७९ करोड २९ लाख ८१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.३४ प्रतिशत मात्र बढी हो। 

खुद ब्याज आम्दानी सामान्य बढेसँगै बैंकको खुद नाफा पनि सामान्य बढेको हो।बैंकको खुद ब्याज आम्दानी बढेर ७ अर्ब ३१ करोड ३२ लाख रुपैयाँ पुग्नु र इम्पेयरमेन्ट चार्जमा कमी आउनुले नाफा सन्तुलनमा सहयोग पुर्याएको देखिन्छ।

यसैगरी बैंकको वितरणयोग्य मुनाफामा पनि सुधार आएको छ। गत वर्ष चैत्र मसान्तमा ३० करोड ६२ लाख रुपैयाँ रहेको कुल वितरणयोग्य मुनाफा यस वर्ष बढेर ३२ करोड १३ लाख ३४ हजार रुपैयाँ पुगेको छ। जस अनुसार बैंकको प्रतिसेयर वितरणयोग्य मुनाफा २.९२ रुपैयाँ कायम भएको छ।

वित्तीय सूचकहरूका आधारमा बैंकको प्रतिसेयर आम्दानी २५.३४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २७२.७९ रुपैयाँ रहेको छ।

 बैंकले खराब कर्जा व्यवस्थापनमा पनि प्रगति गरेको छ। जसअनुसार गत वर्ष ५.४५ प्रतिशत रहेको निष्क्रिय कर्जा घटेर ४.९६ प्रतिशतमा झरेको छ।

 बैंकको निक्षेप संकलन ३ खर्ब ८४ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २ खर्ब ३९ अर्ब ४४ करोड रुपैयाँ रहेको छ। 

बैंकसँग ४१.०३ प्रतिशत तरलता अनुपात र ८.७१ प्रतिशत बेस रेट रहेको छ। चुक्ता पुँजी १४ अर्ब ६९ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २५ अर्ब ६ करोड रुपैयाँ सन्चित छ। 

समग्रमा बैंकले ब्याज आम्दानी वृद्धि र खराब कर्जा नियन्त्रण गर्दै आफ्नो वित्तीय स्थितिलाई मजबुत बनाउँदै लगेको छ।


प्रकाशित : सोमबार, वैशाख १४ २०८३११:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend