सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एलएस होराइजन १२ निष्कासन गर्दै लक्ष्मी सनराइज क्यापिटल

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १४ २०८३
एलएस होराइजन १२ निष्कासन गर्दै लक्ष्मी सनराइज क्यापिटल

काठमाडाैं- लक्ष्मी सनराइज क्यापिटलले बैशाख ३० गतेदेखि नयाँ सामूहिक लगानी कोष 'एलएस होराइजन १२' को इकाईहरू सार्वजनिक निष्कासन गर्ने भएको छ।

काठमाडाैं- लक्ष्मी सनराइज क्यापिटलले बैशाख ३० गतेदेखि नयाँ सामूहिक लगानी कोष 'एलएस होराइजन १२' को इकाईहरू सार्वजनिक निष्कासन गर्ने भएको छ। 

लक्ष्मी सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १२ वर्ष अवधिको बन्दमुखी प्रकृतिको फण्ड हो।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यमा १ अर्ब २० करोड रुपैयाँ बराबरकाे  कुल १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। जसमध्ये बीज पूँजीका रूपमा १ करोड ८० लाख इकाई कोष प्रवर्धक लक्ष्मी सनराइज बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरिनेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्। यो निष्कासन छिटोमा जेठ ४ गते बन्द हुनेछ भने पर्याप्त आवेदन नपरेको खण्डमा जेठ १३ गतेसम्म आवेदन दिन सकिने छ। 

केयर रेटिङ नेपालले कोष प्रबर्धकलाई 'केयर एनपी ट्रिपल बी प्लस' र योजना व्यवस्थापकलाई 'केयर एनपी एएमसी क्वालिटी ३ प्लस' रेटिङ प्रदान गरेको छ।

यस फण्डको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका साथै 'मेरो सेयर' अनलाइन सफ्टवेयर मार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।


प्रकाशित : सोमबार, वैशाख १४ २०८३१०:५१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend