सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

इजेड वल्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत १० २०७८
इजेड वल्डवाइड रेमिट र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

काठमाडौं-नेपालको रेमिट्यान्स् बजारमा बलियो उपस्थिती जनाउँदै आइरहेको इसेवा मनि ट्रान्सफर र  विश्वव्यापी मनी ट्रान्सफरको काम गर्दै आएको प्रतिष्ठित बैंक बिएफसी बेंक अन्तरगत रहेको इसेड रेमिटकाबीच रेमिट्यान्स् भूक्तानी सम्झौता भएको छ। 

यो  सम्झौतासंगै  अब इजेड रेमिटको सेवा उपयोग गर्दै बिएफसी बैंकका शाखाहरु तथा संसारका ४० भन्दा बढि मुलुकमा रहेका ५५,००० भन्दा बढी नेटवर्कको माध्यमबाट इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउँन सकिनेछ।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट सि.ई.ओ, अजेस कोइराला र इजेड रेमिटका तर्फबाट चिफ फाइनान्स अफिसर समेत रहनुभएका कार्यबहाक सि.ई.ओ, मुजाहिद मलिकले हस्ताक्षर गरेका छन्।

सम्झौता बारे बोल्दै इसेवा मनी ट्रान्सफरका सि.इ.ओ, अजेस कोइरालाले भने, ‘इजेडसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा हामी अत्यन्त खुशी छौँ,’। 


प्रकाशित : बिहीबार , चैत १० २०७८१०:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend