सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

३५ दिन महँगोमा बिजुली खरिद गर्दा प्राधिकरणलाई ८ अर्बको भार 

बिहीबार , चैत १० २०७८
३५ दिन महँगोमा बिजुली खरिद गर्दा प्राधिकरणलाई ८ अर्बको भार 

काठमाडौं- नेपालले आज बिहीबारदेखि भारतबाट २० भारतीय रूपैयाँमा बिजुली खरिद गर्ने भएको छ। जसको नेपाल आइपुग्दा प्रतियुनिट मूल्य ३८ रूपैयाँ हुनेछ।

अहिले महँगोमा नै भए पनि बिजुली किनेर लोडसेडिङ हुन नदिने तयारीमा लागिरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन्।

अहिले ३ सयदेखि ३ सय ५० मेगावाट बिजुली थप हुँदा व्यवस्थापन गर्न सकिने हुँदा ७ अर्बको आयात गर्नेगरी तयारी भइरहेको प्राधिकरणले जनाएको छ। '७ अर्बकाे आयात हुने अनुमान हो। तर अहिले १० अर्ब बराबरकाे आयात हुने देखियाे। ३५ दिन १५ देखि २० भारुमा आयात गर्दा मासिक ८ अर्ब रूपैयाँ थप भार पर्छ। अहिले दैनिक २२ कराेडकाे भार परेकाे छ। यसकारण लामाे समय महँगाेमा खरिद गर्न कठिन छ' कार्यकारी निर्देशक घिसिङले भने। 

चरम ऊर्जा संकटपछि बिजुली महँगो भएर मंगलबार रातिदेखि भारतबाट आयात हुने बिजुली रोकिएको छ। जसका कारण उद्योगहरूमा बिजुली आपूर्ति असहज भएको छ भने कतिपय उद्योगहरूमा त बिजुली नै रोकिएको छ। यसैले समस्या समाधानका लागि प्राधिकरणले महँगोमा नै भए पनि बिजुली खरिद गर्न लागेको हो। 

अहिले बिजुली अभाव भए पनि नेपालमा गत भदाै असाेजमा ४ सय मेगावाट बिजुली खेर गएको थियो। अब पनि बर्षादमा ४ सय देखि ५ सय मेगावाट खेर जाने अवस्था रहेको प्राधिकरणले जनाएको छ। 

अहिले भने विद्युतको माग बढेकाे छ। प्राधिकरणका अनुसार गत वर्ष यही समयमा १३ सय मेगावाटमात्रै माग हुने गरेकाे थियाे। अहिले १६ सय मेगावाट माग पुगेकाे छ। जबकि अहिले स्वदेशी उत्पादन ९ सय मेगावाट हाराहारी रहेको छ। 

प्राधिकरणका अनुसार भारतबाट अहिले सिष्टममा समस्या आइरहेकाे छ। ऊर्जा सिष्टममा २४ घण्टामा १२ हजार मेगावट आवर आयात भइरहेको छ।  हरेक दिन विडिङ गरेर बिजुली आयात गर्ने गरेको प्राधिकरणले बिड बढाएर २० भारूसम्म तिर्ने तयारी गरेको हो।


प्रकाशित : बिहीबार , चैत १० २०७८०९:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend