सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

ज्योति विकास बैंकको नाफा बढ्याे, ४७ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख १३ २०८३
ज्योति विकास बैंकको नाफा बढ्याे, ४७ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी

जसअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०५.३० प्रतिशतले बढेको देखिन्छ। समीक्षा अवधिमा बैंकले ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिमा बैंकको नाफा ३० करोड ६६ लाख रुपैयाँमा सीमित थियो।

काठमाडाैं- ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

जसअनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०५.३० प्रतिशतले बढेको देखिन्छ। समीक्षा अवधिमा बैंकले ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको यसै अवधिमा बैंकको नाफा ३० करोड ६६ लाख रुपैयाँमा सीमित थियो।

बैंकको ब्याज आम्दानीमा सामान्य सुधार देखिए पनि इम्पेरमेन्ट चार्ज घट्दा नाफामा सुधार देखिएको हो। गत वर्ष ५२ करोड १६ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष घटेर ११ करोड ८४ लाख रुपैयाँमा झरेको छ। 

बैंकको निष्क्रिय कर्जा भने ४.९८ प्रतिशतबाट बढेर ७.८३ प्रतिशत पुगेको छ। सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.७८ प्रतिशत र कुल सञ्चालन आम्दानी ५५.३६ प्रतिशतले वृद्धि भएको  छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि ९ रुपैयाँ ७९ पैसाले बढेर १९ रुपैयाँ ४३ पैसा कायम भएको छ। बैंकको प्रतिसेयर नेटवर्थ १ सय ६३ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात १९.४३ गुणा रहेको छ। 

४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पुँजी भएको यस बैंकको जगेडा कोषमा २ अर्ब ७८ करोड रुपैयाँ सन्चित छ भने वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। 

चैत मसान्तसम्ममा बैंकले ६४ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

प्रकाशित : आइतबार, वैशाख १३ २०८३१०:१७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend