सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भारतबाट आजदेखि २० भारुमा बिजुली खरिद गरिने

बिहीबार , चैत १० २०७८
भारतबाट आजदेखि २० भारुमा बिजुली खरिद गरिने

काठमाडौं- नेपालले आज बिहीबारदेखि भारतबाट २० भारतीय रूपैयाँमा बिजुली खरिद गर्ने भएको छ। जसको नेपाल आइपुग्दा प्रतियुनिट मूल्य ३८ रूपैयाँ खर्च हुनेछ। 

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतबाट बिजुली किन्न बिड बढाएरै जाने तयारी गरिएको बताएका छन्।

चरम ऊर्जा संकटपछि बिजुली महँगो भएर मंगलबार रातिदेखि भारतबाट आयात हुने बिजुली रोकिएको छ। जसका कारण उद्योगहरूमा बिजुली आपूर्ति असहज भएको छ भने कतिपय उद्योगहरूमा त बिजुली नै रोकिएको छ। यसैले समस्या समाधानका लागि प्राधिकरणले महँगोमा नै भए पनि बिजुली खरिद गर्न लागेको हो। 

अहिले बिजुली अभाव भए पनि नेपालमा गत भदाै असाेजमा ४ सय मेगावाट बिजुली खेर गएको थियो। अब पनि बर्षादमा ४ सय देखि ५ सय मेगावाट खेर जाने अवस्था रहेको प्राधिकरणले जनाएको छ। 

अहिले भने विद्युतको माग बढेकाे छ। प्राधिकरणका अनुसार गत वर्ष यही समयमा १३ सय मेगावाटमात्रै माग हुने गरेकाे थियाे। अहिले १६ सय मेगावाट माग पुगेकाे छ। जबकि अहिले स्वदेशी उत्पादन ९ सय मेगावाट हाराहारी रहेको छ। 

प्राधिकरणका अनुसार भारतबाट अहिले सिष्टममा समस्या आइरहेकाे छ। ऊर्जा सिष्टममा २४ घण्टामा १२ हजार मेगावट आवर आयात भइरहेको छ।  हरेक दिन विडिङ गरेर बिजुली आयात गर्ने गरेको प्राधिकरणले बिड बढाएर २० भारूसम्म तिर्ने तयारी गरेको हो।


प्रकाशित : बिहीबार , चैत १० २०७८०७:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend