सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

प्रवीण पन्दाकलाई पदबाट हटाउने नेप्सेकाे निर्णय

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ११ २०८३
प्रवीण पन्दाकलाई पदबाट हटाउने नेप्सेकाे निर्णय

आज बसेको नेप्से  सन्चालक समितिको बैठकले पन्दाकलाई सीडीएससीको जिम्मेवारीबाट मुक्त गर्दै पुनःनेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको हो।

काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आफ्नो सहायक कम्पनी सीडीएस एण्ड क्लियरिङ लिमिटेडकी प्रबन्ध सञ्चालक तथा कार्यकारी प्रमुख प्रवीण पन्दाकलाई पदबाट हटाउने निर्णय गरेको छ।

आज बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सीडीएससीको जिम्मेवारीबाट मुक्त गर्दै पुनः नेप्सेमै फिर्ता बोलाउने निर्णय गरेको हो। 

यो नियुक्ति सुरुदेखि नै विवादित र संस्थागत सुशासनको सिद्धान्त विपरीत रहेको भन्दै आलोचना हुँदै आएको थियो।

विशेषगरी नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्यकाल सकिनै लाग्दा पन्दाकलाई सीडीएससीको नेतृत्व सुम्पेका थिए।

जसलाई नीतिगत विचलनको रूपमा हेरिएको थियो। गत भदौ ७ गते पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि रिक्त भएको सिइओ पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गर्नुपर्नेमा तत्कालीन सिइओ कार्कीले २०८१ पुस १४ गते पन्दाकलाई चार वर्षका लागि प्रबन्ध सञ्चालक नियुक्त गरेका थिए।

अस्थायी वा निमित्त जिम्मेवारी दिनुपर्ने ठाउँमा सिधै दीर्घकालीन अवधिको लागि गरिएको उक्त नियुक्ति नियमसम्मत नदेखिएको निष्कर्ष निकाल्दै नेप्सेको वर्तमान नेतृत्वले उनलाई फिर्ता बोलाउने कदम चालेको हो। 

सीडीएससी जस्तो संवेदनशील संस्थामा विना प्रतिस्पर्धा गरिएको नियुक्ति खारेज भएसँगै अब त्यहाँ विधिपूर्वक नयाँ नेतृत्व चयन गर्ने बाटो खुलेको छ भने पन्दाक अब नेप्सेकै आफ्नो पुरानो जिम्मेवारीमा फर्किनेछिन्।

यस निर्णयसँगै अब सीडीएससीको नयाँ नियुक्ति प्रक्रिया कसरी अगाडि बढ्छ भन्ने विषयमा बजारमा चासो बढेको छ।


प्रकाशित : शुक्रबार, वैशाख ११ २०८३१६:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend