काठमाडौं- साताको अन्तिम कारोबार दिन आज नेप्स परिसूचक १.५४ अंकले बढेर २७८८.७ बिन्दुमा पुगेको छ।
हिजोको कारोबारमा हिजो नेप्से १७.०१ अंकले घटेर २७८७.१५ बिन्दुमा पुगेको थियो ।
आजको कारोबारमा ३ सय ५१ कम्पनीको १ करोड २१ लाख ७४ हजार ५ सय १६ कित्ता सेयर ७५ हजार २ सय २९ पटक किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७ सय २७ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा माईखोला हाइड्रोपावर, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन रिडी पावर कम्पनीको २७ करोड ३८ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। आजको कारोबारमा ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहमध्ये परिसूचक घटेको छ।आज अन्य उपसमूहको परिसूचक १.०२ प्रतिशत घटेको छ।
आजको कारोबारमा बैंकिङ ०.२२, विकास बैंक ०.२२, होटल तथा पर्यटन ०.३२, हाइड्रोपावर ०.२५, उत्पादन तथा प्रशोधन ०.६६ तथा व्यापार ०.५८ प्रतिशत बढेकाे छ।
त्यस्तै निर्जीवन बीमा ०.०६, माइक्रोफाइनान्स ०.३५, जीवन बीमा ०.२६, लगानी ०.०२ तथा फाइनान्स ०.६२ प्रतिशत घटेकाे छ।
