सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख ११ २०८३
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा गोलाप्रथा विधिमार्फत यो बाँडफाँट सम्पन्न गरिएको हो।

काठमाडाैं- एपोलो हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयर बाँडफाँट भएको छ। 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा गोलाप्रथा विधिमार्फत यो बाँडफाँट सम्पन्न गरिएको हो।

कम्पनीले गत चैत २६ गतेदेखि वैशाख २ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ८० हजार २०० कित्ता सेयर बिक्रीमा ल्याएको थियो। 

७ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको यो आईपीओमा निष्कासन अवधिभर कुल २७ लाख २७ हजार ११७ जना आवेदकले २ करोड ९८ लाख ५१ हजार ३८० कित्ताका लागि आवेदन दिएका थिए। जुन माग गरिएको भन्दा करिब ३८ गुणा बढी हो।

मागभन्दा धेरै आवेदन परेका कारण गोलाप्रथाबाट गरिएको बाँडफाँटमा  ७८ हजार २० जनाले मात्र १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।

आवेदन दिएका कुल आवेदकमध्ये २६ लाख ४९ हजारभन्दा बढी लगानीकर्ताको हात खाली भएको छ। लगानीकर्ताले सिडिएस एण्ड क्लियरिङ लिमिटेडको आईपीओ हेर्ने विशेष वेबसाइट, बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट वा सम्बन्धित मेरो सेयर खातामार्फत नतिजा हेर्न सक्नेछन्।


प्रकाशित : शुक्रबार, वैशाख ११ २०८३१०:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend