काठमाडौं- नेप्स परिसूचक २.९५ अंकले घटेर २८०४.४० बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय ४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार ८ सय ५४ कित्ता सेयर १ लाख २१ हजार ५ सय ३३ पटक किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार ३ सय ४२ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा सूर्यकुण्ड हाइड्रो, पाल्पा सिमेन्ट र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनीको ४१ करोड ९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेकाे छ। यस दिन बैंकिङ, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.३६ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।
