सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

मञ्जुश्री फाइनान्सकाे नाफा २७ प्रतिशतले बढ्याे, प्रतिसेयर नेटवर्थ १ सय ८२ रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख ९ २०८३
मञ्जुश्री फाइनान्सकाे नाफा २७ प्रतिशतले बढ्याे, प्रतिसेयर नेटवर्थ १ सय ८२ रुपैयाँ

फाइनान्सले यस आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको १७ करोड ११ लाख रुपैयाँको तुलनामा २७.९३ प्रतिशतले बढी हो।

काठमाडाैं- मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेकाे छ। सार्वजनिक विवरण अनुसार खुद नाफामा वृद्धि भएको छ। 

फाइनान्सले यस आर्थिक वर्षको पहिलो ९ महिनाको अवधिमा २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको १७ करोड ११ लाख रुपैयाँको तुलनामा २७.९३ प्रतिशतले बढी हो। 

विशेषगरी खुद ब्याज आम्दानीमा १०.२४ प्रतिशतको बढोत्तरी र इम्पेरमेन्ट चार्ज १४ करोड ५४ लाखबाट घटेर ११ करोड ७५ लाख रुपैयाँमा झरेका कारण संस्थाको नाफा बढ्न पुगेको देखिन्छ।

समीक्षा अवधिमा फाइनान्सको सन्लचान मुनाफामा १०.२९ र कुल सन्चालनमा आम्दानीमा १०.१५ प्रतिशतको सुधार आएको छ। खुद फि तथा कमिशन आम्दानी २.९५ प्रतिशतले बढेको छ।

चैत मसान्तसम्मको विवरण अनुसार फाइनान्सको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६० पैसा पुगेको छ। जसमा अघिल्लो वर्षको तुलनामा ४ रुपैयाँ ७१ पैसाले वृद्धि भएको छ। यस्तै, संस्थाको प्रतिसेयर नेटवर्थ १ सय ८२ रुपैयाँ २० पैसा र मूल्य आम्दानी अनुपात ३८.८४ गुणा कायम भएको छ।

वित्तीय अवस्थातर्फ हेर्दा १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी भएको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख रुपैयाँ  छ। 

चैत मसान्तसम्मको अवधिमा संस्थाले २२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

हाल फाइनान्ससँग ३० करोड ५४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा सुरक्षित छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १३ पैसा रहेको छ।


प्रकाशित : बुधबार, वैशाख ९ २०८३१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend