सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

रकम भुक्तानी नगरी सुलभ अग्रवालकी श्रीमती सुभी अग्रवालले गरिन् ६२ करोड रुपैयाँभन्दा बढीकाे सेयर कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
रकम भुक्तानी नगरी सुलभ अग्रवालकी श्रीमती सुभी अग्रवालले गरिन् ६२ करोड रुपैयाँभन्दा बढीकाे सेयर कारोबार

धितोपत्र बोर्डले गरेको पछिल्लो अनुसन्धानले अग्रवालले भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत उधारोमा अर्बाैं रुपैयाँकाे कारोबार गरेको तिर्न बाँकी रहेको देखाएको हो।

काठमाडौं-  हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका तत्कालीन अध्यक्ष सुलभ अग्रवालकी श्रीमती सुभी अग्रवालले सेयर कारोबारका क्रममा ठूलो परिमाणमा रकम भुक्तानी नगरी जालसाजी गरेको तथ्य फेला परेको छ।

धितोपत्र बोर्डले गरेको पछिल्लो अनुसन्धानले अग्रवालले भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत उधारोमा अर्बाैं रुपैयाँकाे कारोबार गरेको तिर्न बाँकी रहेको देखाएको हो।

धितोपत्र बाेर्डका अनुसार सुभी अग्रवालले २०८१ असोज २२ गतेदेखि २०८२ मंसिर ८ गतेसम्म नेपाल रिइन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर खरिद-बिक्री गरेकी थिइन्। 

विशेषगरी श्रीमान सुलभ अग्रवाल अध्यक्ष रहेको संस्थासँग आबद्ध भएर गरिएका यी कारोबारमा उनले धितोपत्र खरिदबापत कुनै पनि अग्रिम रकम जम्मा नगरी कारोबारको सीमा प्राप्त गरेको पाइएको छ।

subi6666.PNG

अग्रवालले सेयर खरिद गरे पनि सोबापतको रकम भुक्तानी नगरेको अवस्थामा समेत ब्रोकरले उनको खातामा धितोपत्र जम्मा गरिदिएको पाइएको छ।

विवरणअनुसार २०८२ असार १६ गतेसम्म उनले ब्रोकरलाई तिर्न बाँकी रकम १ अर्ब ३६ करोड ९ लाख ३२ हजार ३४९ रुपैयाँ ३२ पैसा पुगेको थियो भने २०८२ माघ २३ गतेको पछिल्लो तथ्यांकअनुसार ६२ करोड ८९ लाख ५६ हजार ३७१ रुपैयाँ ७० पैसा बक्यौता देखिन्छ। 

धितोपत्र बोर्डको निष्कर्षअनुसार सुभी अग्रवालको यो कार्य धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा ९६ र दफा ९८ बमोजिमको गम्भीर उल्लंघन हो, जसमा धितोपत्र बजारलाई प्रभावित पार्ने र जालसाजीयुक्त कारोबार गर्नेसम्बन्धी व्यवस्था छ।

subi agrawal 34.PNG

ऐनको दफा १०१ अनुसार यस्तो कसुरमा संलग्नलाई कडा दण्ड सजायको व्यवस्था छ। दफा ९६ अनुसारको कसुर गरेमा ५० हजारदेखि १ लाख ७५ हजार रुपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ भने दफा ९८ अनुसारको कसुरमा १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

यसका साथै यस्तो कारोबारबाट कसैलाई हानि-नोक्सानी पुगेको भए पीडितलाई क्षतिपूर्तिसमेत भराउनुपर्ने कानूनी प्रावधान छ। 


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३१७:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend