सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

१७.९१ अंकले घट्यो नेप्से, ५ अर्ब ७७ करोड रुपैयाँमाथिको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, वैशाख ८ २०८३
१७.९१ अंकले घट्यो नेप्से, ५ अर्ब ७७ करोड रुपैयाँमाथिको कारोबार

१३ उपसमूहमध्ये आज १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ।

काठमाडौं- साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि सेयर बजार परिसूचक नेप्से घटेको छ। अघिल्लो कारोबार दिन सोमबार घटेर बन्द भएको नेप्से आज पनि घटेको हो।

आज नेप्से परिसूचक १७.९१ अंक घटेर २८०७.३१ बिन्दुमा झरेको छ। त्यस्तै सेन्सेटिभ इन्डेक्स ३.०७ अंक, फ्लोट इन्डेक्स १.११ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०१ अंकले घटेको छ।

नेप्से घटे पनि आज कारोबार रकम भने केही बढेको छ। सोमबार ५ अर्ब ४३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा मंगलबार ३४७ स्टकको ९५ हजार ८०० पटकको कारोबारमा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँबराबरको १ करोड ३० लाख १९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

आज ३ स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। आज सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब १५ प्रतिशत, एसियन हाइड्रोपावरको सेयरमूल्य करिब ११ प्रतिशत र होटल फरेष्ट इनको सेयरमूल्य करिब १० प्रतिशतले बढेको छ। कारोबारमा आएको दोल्ती पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रह्यो। यस कम्पनीकोआज ३७ करोड ७ लाख ३५ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै आज रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम ३० करोड रुपैयाँ नाघेको छ भने नेसनल हाइड्रोपावरको  करिब २३ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये आज १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१६ प्रतिशतले बढेको छ। अन्य उपसमूहको परिसूचक सर्वाधिक १.२७ प्रतिशतले घटेको छ भने जलविद्युत र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।


प्रकाशित : मंगलबार, वैशाख ८ २०८३१५:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend