काठमाडौं- साताको पहिलो कारोबार दिन आज नेप्स परिसूचक १३.१७ अंकले घटेर २८२५.२३ बिन्दुमा पुगेको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.६७ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६२ प्रतिशत फ्लोट इण्डेक्स ०.७६ प्रतिशतल घटेको छ।
आजको कारोबारमा ३ सय ४९ कम्पनीको १ करोड १६ लाख ५३ हजार ३ सय ७० कित्ता सेयर १ लाख १६ हजार ३ सय १० पटक किनबेच हुँदा ५ अर्ब ४३ करोड ४२ लाख ४० हजार २ सय ७६ रुपैयाँको कारोबार भएको छ।
नेप्सेले आजबाट सुरु गरेको कम्पनीको सेयर १५ प्रतिशतले घटबढ हुने नियम अनुसार सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्टको सेयर १५ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै होटल फरेष्ट इन कम्पनीको ३६ करोड १ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने १ उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०१ प्रतिशत बढेको छ।
यो बाहेक सबै समूहका सूचक घटेका छन्। बैंकिङ ०.८४, विकास बैंक ०.१६, फाइनान्स ०.७० प्रतिशत घटेकाे छ।
त्यसैगरि, हाइड्रोपावर ०.२३, लगानी ०.८४ जीवन बीमा ०.६२, उत्पादन तथा प्रशोधन ०.८४, माइक्रोफाइनान्स ०.४९, निर्जीवन बीमा ०.११, अन्य ०.४० र व्यापार समूह ०.३३ प्रतिशत घटेका छन्।
