काठामाडाैं- कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा सम्पन्न सो बाँडफाँट गोलाप्रथा प्रक्रिया मार्फत गरिएको हो।
कम्पनीले गत चैत २२ देखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ८४ हजार ७५० कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो।
कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएको यस निष्कासनमा २६ लाख ३५ हजार ६३४ आवेदन मात्र स्वीकृत भएका थिए भने बाँकी आवेदनहरू रद्द भएका थिए।
मागभन्दा धेरै आवेदन परेका कारण गोलाप्रथाबाट ६८ हजार ४७५ जनाले मात्र १० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
