सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्दै याम्बालिङ हाइड्रोपावर

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ७ २०८३
बैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्दै याम्बालिङ हाइड्रोपावर

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित गरेको हो।

काठमाडाैं- याम्बालिङ हाइड्रोपावर लिमिटेडले बैशाख १६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। 

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरूलाई लक्षित गरेको हो।

कुल ७० करोड रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीले आफ्नो पुँजीको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता सेयर सर्वसाधारणमा जारी गर्ने अनुमति पाएको थियो। 

यसमध्ये स्थानीयका लागि छुट्याइएको ७ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेकाहरूका लागि २ लाख १० हजार कित्ता सेयर यसअघि नै वितरण भइसकेको छ भने सामूहिक लगानी कोषलाई १ लाख ५ हजार कित्ता र कर्मचारीलाई ४२ हजार कित्ता सेयर समेत सुरक्षित गरी बाँडफाँट भइसकेको छ।

बाँकी रहेको १७ करोड ४३ लाख रुपैयाँ बराबरको १७ लाख ४३ हजार कित्ता साधारण सेयरमा अब सर्वसाधारणले आवेदन दिन पाउनेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। यो निष्कासन छिटोमा वैशाख २२ गते र ढिलोमा वैशाख ३० गतेसम्म बन्द हुने कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, वैशाख ७ २०८३१०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend