सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा गिरावट, अधिकांश वित्तीय सूचक घटे

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख ६ २०८३
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा गिरावट, अधिकांश वित्तीय सूचक घटे

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानीमा ६६.३५ प्रतिशतको सुधार देखिए पनि कुल सञ्चालन आम्दानी २६.२० प्रतिशतले घटेको छ।

काठमाडाैं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकाे छ।  सार्वजनिक  विवरण अनुसार बैंककाे खुद नाफामा गिरावट आएको छ। 

विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.५३ प्रतिशतले घटेर ६४ करोड ३३ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष यसै अवधिमा बैंकले ९० करोड ७४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो। मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी २७.०३ प्रतिशतले घट्नु र सञ्चालन मुनाफामा २८.४२ प्रतिशतको गिरावट आउनु नै नाफा घट्नुको प्रमुख कारण देखिएको छ।

समीक्षा अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानीमा ६६.३५ प्रतिशतको सुधार देखिए पनि कुल सञ्चालन आम्दानी २६.२० प्रतिशतले घटेको छ। 

यसैगरी, बैंकको वितरणयोग्य मुनाफा पनि ३०.१२ प्रतिशतले घटेर ५३ करोड ७७ लाख रुपैयाँमा झरेको छ। वित्तीय अवस्थामा आएको यो संकुचनसँगै बैंकको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ५९ पैसाले घटेर ३ रुपैयाँ ९७ पैसामा सीमित हुन पुगेको छ।

बैंकको अन्य वित्तीय सूचकहरू तर्फ हेर्दा, २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस संस्थाको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख रुपैयाँ सन्चित छ। बैंकको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ८४ पैसा र मूल्य आम्दानी अनुपात ६७.४४ गुणा कायम भएको छ। निक्षेप र कर्जा परिचालनको हकमा बैंकले चैत मसान्तसम्म ७ अर्ब ८० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।


प्रकाशित : आइतबार, वैशाख ६ २०८३१०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend