काठमाडौं- साताको अन्तिम कारोबार दिन आज नेप्स परिसूचक ५.३६ अंकले बढेर २८३८.४० बिन्दुमा पुगेको छ।
आज सेन्सेटिभ इण्डेक्स ०.१२ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ प्रतिशत फ्लोट इण्डेक्स ०.१८ प्रतिशतल घटेको छ।
आजको कारोबारमा ३ सय ३५ कम्पनीको १ करोड ८० लाख ६३ हजार ७ सय २८ कित्ता सेयर ९६ हजार ५ सय ७३ पटक किनबेच हुँदा ७ अर्ब ४६ करोड ६ लाख ९८ हजार ९८ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनीको ६६ करोड ८६ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक १.३८ प्रतिशत बढेको छ।
त्यस्तै होटल तथा पर्यटन १.३८, हाइड्रोपावर ०.६७, अन्य ०.५६, तथा व्यापार ०.०३ प्रतिशत बढेको छ।
घटेका समूहगत सूचकको गिरावट दर १ प्रतिशतभन्दा कम छ। बैंकिङ ०.२७, विकास बैंक ०.३८, फाइनान्स ०.३४, लगानी ०.१६, जीवन बीमा ०.०७, माइक्रोफाइनान्स ०.३३ र निर्जीवन बीमा ०.५३ प्रतिशत घटेको छ ।
